समाचारशुक्रबार, भाद्र २१, २०७०

दाहालले भने, ‘अदालतको अपमान गर्‍या छैन’

हिमालखबर

अदालतको मानहानी सम्बन्धी अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले २० भदौमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तीन दिनभित्र सर्वोच्चमा जवाफ पेश गर्न आदेश दिएपछि उनले आफूले अदालतको मानहानी नगरेको दाबी गरेका छन् ।

“मैले अदालतलाई कुन जातको हो ? भनेर कुनै अपमान गर्‍या छैन,” २१ भदौमा वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा दाहालले भने, “कसैलाई कुन जातको हो भन्ने प्रश्न सोध्दैमा अपमान नभएजस्तै अदालतलाई पनि कुन जातको हो भन्दैमा अपमान हुँदैन ।”

दाहालले केही दिनअघि काठमाडौंमा आयोजित सार्वजनिक कार्यक्रममा गोरखाका अधिकारी दम्पतीलाई कसैले जबरजस्ती माओवादीविरुद्ध उक्साएको र अदालतमा मुद्दा दायर गराउने षड्यन्त्र गरेको भन्दै आफ्ना कार्यकर्ता पक्राउ परे विद्रोह गर्ने धम्की दिएका थिए । उनले ‘यो अदालतको जात के हो ?’ भन्दै माओवादीविरुद्ध नलाग्न चेतावनी पनि दिएका थिए ।

दाहालले वैद्य माओवादीसंग निर्वाचनअघि पार्टी एकीकरणको सम्भावना नरहेको बताए । उनले आफ्नो पार्टीका १० प्रतिशत ब्यक्ति मात्रै वैद्यको पक्षमा गएकोले आफूहरुलाई नेकपा–माओवादीसँग कुनै डर र शंका नरहेको दाबी गरेका थिए ।
बिम्मी शर्मा, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>