थप समाचारशुक्रबार, भाद्र २१, २०७०

अफगानिस्तानमा भारतीय लेखिकाको हत्या

हिमालखबर

अफगानिस्तानका ब्यापारीसँग विवाह गरेकी भारतीय लेखिका सुष्मितालाई अफगानिस्तानको खरानास्थित उनको घर बाहिर १९ भदौमा उग्रवगादीहरुले हत्या गरेका छन् ।

१९९५ मा नाटकीय तवरले तालिबानको कब्जाबाट भाग्न सफल ४९ वर्षीय सुष्मिता बनर्जीको जीवन वृतान्त  ‘अ काबुलीवालाज बंगाली वाइफ’ निकै लोकप्रिय भएको थियो ।  सन् २००३ मा निर्माण भएको उनको यस कृतिमा  आधारित फिल्म ‘एस्केप फ्रम तालिबान’ मा मनिषा कोइरालाको अभिनय छ ।

हालै आफ्ना पतिसँगै बस्न अफगानिस्तान पुगेकी सुष्मिताले त्यहाँ स्वास्थ्यकर्मीका रुपमा काम गरिरहेको र स्थानीय महिलाको जीवनबारेमा डकुमेन्ट्री बनाउने क्रममा रहेको अफगानिस्तानका बरिष्ठ प्रहरी अधिकारी जफर हांडले बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रहरीका अनुसार तालिबानी चरमपन्थीले सुष्मिताको घरमा पुगेर उनका पति र परिवारका अन्य सदस्यलाई बाँधेर राखे भने सुष्मितालाई घर बाहिर निकालेर गोली हानी हत्या गरे । हत्यापछि  उनीहरुले शव स्थानीय धार्मिक स्कुलमा फालेका थिए ।

यद्दपी तालिबानले यो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको बीबीसी संवाददाताको भनाई छ । विहेपछि इस्लाम धर्म अपनाएकी सुष्मिताले आफ्नो नाम साइदा कमला बनाएकी थिइन् ।

‘अ काबुलीवालाज बंगाली वाइफ’ मा सुष्मिताले आफ्ना पति जांबाज खानसँग अफगानिस्तानमा विताएको जीवन र त्यहाँबाट भागेका सम्झनाहरु उल्लेख गरेकी थिइन् ।

भारतीय खबरपत्रिका आउटलुकका लागि १९९८ मा लेखिएको एक लेखमा पनि सुष्मिताले आफ्नो कहानी बयान गरेकी थिइन् ।
विभिन्न सञ्चारमाध्यमहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>