समाचारशनिबार, भाद्र २२, २०७०
एमाले नेता खाँडको निधन
भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचारत खाँडको २२ भदौमा निधन भएको हो । गीतानगर–६ केशरवाघका उनी लामो समयदेखि क्यान्सर रोगबाट बिरामी थिए ।
खाँडको पार्थिव शरीरमा पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको तर्फबाट श्रद्धाञ्जली दिएका छन् । एमाले चितवनको भरतपुर १० मा रहेको पार्टी कार्यालय पुगेर नेपालले श्रद्धाञ्जली दिएका हुन् ।
स्थानीय विकासमा सक्रिय रहेका खाँड भरतपुर अस्पताल विकास समितिको पूर्व अध्यक्ष, जेष्ठ नागरिक सेवा समाज नेपालका संस्थापक तथा पूर्व अध्यक्ष समेत रहेका थिए । उनले लेखेका हिजो आज र भोलीको चीन, क्रान्तिको नेतृत्व, कार्यकर्तामा देखिने गलत चिन्तन र त्यसको निराकरण, समाजमा दास युग छापिएका छन् । उनको देवघाटमा अन्तिम संस्कार गरिएको छ ।
सविता श्रेष्ठ, चितवन
