समाचारशनिबार, भाद्र २२, २०७०

महेन्द्रनगरमा दाहालविरुद्ध प्रदर्शन

हिमालखबर

सुदूरपश्चिम भ्रमणमा रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले धनगढीमा आयोजित कार्यक्रममा कैलाली–कञ्चनपुरलाई अलग राज्यमा राख्नु पर्ने अभिव्यक्ति दिएको भन्दै अखण्ड सुदूरपश्चिम पार्टी कञ्चनपुरका कार्यकर्ताले पुत्ला दहन गरेका छन् ।

२२ भदौ साँझ असुपा कञ्चनपुरका अध्यक्ष अम्बादत्त जोशी र सचिव जयराज जोशीको नेतृत्वमा भएको प्रदर्शनमा महेन्द्रनगरको मदन चोकमा दाहालको पुत्ला दहन गरिएको हो । प्रदर्शनकारीहरुले दाहालकाविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

यसैबीच महाकाली पारीको दोधारा–चाँदनी पुगेका एमाओवादी अध्यक्ष दाहालले जनभावना अनुसारको संविधान निर्माणका लागि एमाओवादीको स्पष्ट बहुमत आउनु पर्ने दाबी गरेका छन् ।

पूर्व सांसद मानबहादुर सुनार, इन्द्रबहादुर खत्री लगायतका व्यक्तिहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले ४ मंसीरमा जसरी भए पनि संविधानसभा निर्वाचन हुने बताए । उनले महाकाली नदीमा पक्की तटवन्ध, सुख्खा वन्दरगाह निर्माण लगायतका कामहरु गर्ने आश्वासन पनि दिए ।

एमाओवादी अध्यक्ष दाहाल तथा नेताहरु बाबुराम भट्टराई, पोष्टवहादुर बोगटी, हरिवोल गजुरेललगायतले बाढीग्रस्त क्षेत्रको निरीक्षण  गरेका थिए ।

बच्चु विक, महेन्द्रनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>