थप समाचारसोमबार, भाद्र २४, २०७०

भारतमा साम्प्रदायिक दङ्गा, ३२ को मृत्यु

हिमालखबर

केटी जिस्काएको निहुँमा उत्तर प्रदेशको मुजफ्फर नगरमा दुईपक्षबीच भएको भिडन्तमा तीन व्यक्तिको ज्यान गएपछि उक्त भिडन्तले साम्प्रदायिक हिंसाको रुप लिएको छ । मुजफ्फरनगर र आसपासका क्षेत्रमा भएको दंगामा कम्तिमा पनि ३२ जनाको ज्यान गएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ ।

मुजफ्फर नगरको हिंसा बढदै जाँदा नजिकका मेरठ र सहारनपुरका इलाकामा समेत दंगा शुरु भएको छ । उत्तरप्रदेश सरकारले जिल्लाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ भने दंगाग्रस्त क्षेत्रहरुमा सेना परिचालन गरिएको छ ।

दंगा फैलाउने काम गरेको भन्दै प्रहरीले चार जना भारतीय जनता पार्टीका विधायक र एक कांग्रेसका पूर्व सांसदलाई पक्राउ गरी मुद्दा चलाएको छ ।

उत्तरप्रदेशका प्रशासकीय प्रमुख (राज्य पाल) ले राज्य सरकारको लापरवाहीका कारण हिंसा रोक्न नसकिएको बताएका छन् । उनको यो रिपोर्टपछि मुख्यमन्त्री अखिलेश यादवको आलोचना हुन थालेको छ भने सरकारको ‘कमाण्ड’ सम्हाल्न समाजवादी पार्टी नेता एवम् मुख्यमन्त्रीका बाबु मुलायम सिंह लखनउ आइपुगेका छन् ।

दुइपक्षबीच भएको भिडन्तपछि २२ भदौमा विवाद मिलाउन स्थानीय स्तरमा आयोजना गरिएको ‘महापञ्चायत’ बाट फर्किरहेका व्यक्तिमाथि आक्रमण भएपछि दंगा थप फैलिएको हो ।

एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>