समाचारसोमबार, भाद्र २४, २०७०

पुनले भने, ‘गैरन्यायिक हत्याको भण्डाफोर गरिन्छ’

हिमालखबर

पेरिसडाँडामा २४ भदौमा आयोजित पत्रकार सम्मेलनमा वाइसीएल अध्यक्ष पुनले द्वन्द्वकालका घटना उचाल्ने काम एक साताभित्र पूर्ण रुपमा रोक्नु पर्ने भन्दै त्यसो नगरिए ‘जनयुद्ध’ कालमा भएका सबै गैर न्यायिक हत्याको सूची तयार पारेर भण्डाफोर गरिने बताएका छन् ।

पुनले भने, “एक साताभित्र यस्ता घटना नरोकिए एक हप्ताभित्र जनयुद्धकालका सबै गैरन्यायिक हत्या तथा राज्यपक्षबाट भएका घटनाको सूची सङ्कलन गरी भण्डाफोर गरिनेछ ।”

गैरन्यायिक हत्याको सूची बनाएर न्यायका लागि साँच्चिकै पहल गर्नु स्वागतयोग्य काम हुने अधिकारकर्मीहरुले प्रतिक्रिया दिएका छन् ।

त्यस्तै वाइसिएलले एकमहिने निर्वाचन ‘क्षेत्रस्तरीय सङ्गठन निर्माण, सुदृढ र विस्तारका लागि युवा अभियान’ सञ्चालन गर्ने जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>