समाचारसोमबार, भाद्र २४, २०७०
ओलीले भने,‘अब भ्रम बिक्दैन’
यसअघिको सबिधानसभामा एमाओवादीले जनतालाई झुठो आश्वासन बाँडेको आरोप लगाउँदै एमाले नेता केपी ओलीले अब जनताले एमाओवादीलाई समर्थन नगर्ने बताएका छन् ।
झापाको दमकमा आयोजित कार्यकर्ता प्रशिक्षणमा ओलीले भने, “माओवादीको झुटको खेती यसपाला चल्ने छैन, उसको अराजनीतिक चरित्र जनताले थाहा पाइसकेका छन् ।”
ओलीले आउँदो निर्वाचनमा एमालेले स्पष्ट बहुमत ल्याउने पनि दाबी गरे । नेता ओलीलाई एमाले झापाले आगामी संविधानसभा निर्वाचनमा झापा–७ वाट प्रत्यक्षतर्फ एकमात्र उम्मेदवारका रुपमा सिफारिस गरेको छ भने ६ बाट अन्य दुई सहित ओलीको नाम एक नम्बरमा छ ।
गोपाल गडतौला, झापा
