समाचारमंगलबार, भाद्र २५, २०७०

परराष्ट्रमन्त्री घिमिरेको अमेरिका भ्रमण रद्द

हिमालखबर

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी नेतृत्वको ११ सदस्यीय टोलीसँगै गृह तथा परराष्ट्रमन्त्री माधव घिमिरे ११ दिन लामो भ्रमणका लागि अमेरिकाको न्युयोर्क जाने कार्यक्रम थियो ।

मन्त्रिपरिषद अध्यक्ष र गृहमन्त्री दुवै विदेश जाँदा सुरक्षा संवेदना लगायत निर्वाचनमा असर पर्नसक्ने हुँदा गृह मन्त्री नजाने निर्णय गरिएको अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले बताएका छन् ।

महासभामा भागलिन अध्यक्ष रेग्मी ५ असोजमा र मन्त्री घिमिरे भने १ असोजमै त्यसतर्फ जाने कार्यक्रम तय गरिएको थियो। अध्यक्ष रेग्मीलगायतको भ्रमण कार्यक्रम भने यथावत नै छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>