समाचारमंगलबार, भाद्र २५, २०७०

चम्ल्याहाका बाबु भन्छन, ‘बचाउनै गाह्रो भो’

हिमालखबर

घनश्याम भट्टराई पत्नी दीपका साथ नोवेल अस्पतालमा । तस्वीर: कमल रिमाल/विराटनगर

झापा मेची नगरपालिका–२ धुलाबारीका घनश्यामले चार सन्तान जन्मदा आफूलाई हर्षसँगै जीवन रक्षाका लागि चुनौती थपिएको बताएका छन् । उनले छोराछोरीको बाँच्न पाउने अधिकार सुरक्षित गर्न राज्यसँग सहयोगको माग गरेका छन् ।

विराटनगरस्थित नोबेल अस्पतालमा सुत्केरी पत्नी र उपचार भइरहेका सन्तानको कुरुवा बसेका घनश्यामले भने, “हामीलाई आएको विपत्ती राज्यको पनि भएकाले हाम्रा छोराछोरीलाई राज्यले जसरी पनि बचाउनुपर्छ ।”

उनले चारजना शिशुलाई हुर्काउनु, स्याहार सुसार गर्नु र उनीहरुको शिक्षादीक्षाको ब्यवस्था गर्नु जस्तो चुनौतिको पहाड आफूसामू उभिएको बताए ।

दैनिक आइसियुमा राखेर गरेको उपचार खर्च अस्पतालले निःशुल्क सहयोग गरे पनि औषधिको खर्च भने आफूहरुले नै व्यहोरिरहेको उनले बताए । लघुवित्त संस्थाका सामान्य जागिरे उनले हालसम्म दुई लाख रुपैयाँ जति औषधिमा खर्च भइसकेको र थप खर्च ब्यहोर्न नसक्ने अवस्थामा रहेको बताए ।

उनका अनुसार चम्ल्याहा सन्तानको जीवन रक्षाका लागि उनको गाउँ धुलाबारीमा पनि सहयोग समिति गठन गरिएको छ । पहिलोपल्टमा नै चार सन्तानलाई जन्म दिएकी आमा दीपा भट्टराईको स्वास्थ्यस्थितिमा सुधार आइरहे पनि शिशुको स्वास्थ्य उपचारमा चुनौती थपिएको छ ।

विराटनगर कञ्चनबारीस्थित नोबेल अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेका चम्ल्याहा शिशुमा कमलपित्तलगायत रोगको सङ्क्रमण देखापरेपछि उपचारमा चुनौती थपिएको हो । अस्पतालका चिकित्सकले शिशुको उपचारमा कुनै कसर बाँकी नराखी आइसियुमा राखेर उपचार गरिरहेको अस्पतालका जनसम्पर्क निर्देशक नारायण दाहालले बताए ।

२७ वर्षीया दीपाले २० भदौमा तीन छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>