समाचारमंगलबार, भाद्र २५, २०७०

राष्ट्रपति र शीर्षनेताहरुबीच छलफल

हिमालखबर

समितिमा आवद्ध दलका शीर्षनेतासँग २५ भदौमा शीतलनिवासमा भएको वार्तामा राष्ट्रपति  यादवले निर्वाचनमा सवै दलको सहभागिता आवश्यक भएकोमा जोड दिएका छन् ।

भेटपछि समितिका संयोजक एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले भने, “राष्ट्रपतिले निर्वाचनमा सवै दलको सहभागिता आवश्यक रहेकोले सबैलाई निर्वाचनमा जुट्न आग्रह गर्नुभयो ।”

नेकपा–माओवादीलगायत अन्य दललाई निर्वाचनमा सहभागि गराउन भइरहेको संवाद, निर्वाचन तयारीलगायतका विषयमा नेताहरुले राष्ट्रपतिलाई जानकारी गराउँदै वर्तमान सरकारको परिवर्तन र निर्वाचन मिति  सार्नेबाहेक सवै विकल्पमा छलफल गर्न समिति तयार रहेको जानकारी गराएका थिए ।

कोइरालाले  नेकपा–माओवादीलगायत अन्य दललाई निर्वाचनमा सहभागी गराउन समितिले पटक पटक वार्ता गरेको र  उनीहरुका माग पूरा गर्न तयार भएको सञ्चारकर्मीहरुलाई बताए ।     उनले भने, “निर्वाचनको मिति सार्ने र वर्तमान सरकार विघटन गर्नेबाहेकका विषयमा समिति नेकपा–माओवादीका माग पूरा गर्न तयार छ ।”

नेकपा–माओवादीसहितको मोर्चाले समितिमा आवद्ध दलहरुले नै  निर्वाचनको वातावरण नबनाएको भन्दै वातावरणका लागि पहल गरिदिन केही दिन अगाडि राष्ट्रपति  यादवको ध्यानाकर्षण गराएका थिए ।

भेटमा समितिका संयोजक  कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, मधेशी जनअधिकार फोरम नेपालका भरतविमल यादव, सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईलगायतका नेता सहभागी थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>