समाचारमंगलबार, भाद्र २५, २०७०

फेरि बढ्यो पेट्रोलको भाउ

हिमालखबर

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएर रु. १३० प्रतिलिटर पुर्‍याएको छ भने मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर रु. १०३ पुगेको छ ।

२५ भदौ साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्यमा रु. ५ तथा मट्टितेल र डिजेलमा रु तीन बृद्धि गर्ने निर्णय गरेको हो । ग्याँसको भने मूल्यबृद्धि गरिएको छैन ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनमा बृद्धि भएको छैन भने आन्तरिक तर्फ रु. ७ बढाएको छ ।

यसअघि २६ साउनमा निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकोले नेपालमा पनि बढाउनु परेको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>