थप समाचारबुधबार, भाद्र २६, २०७०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन
नेपाल विद्यार्थी संघ, अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन, अखिल छैटौँ, अखिल क्रान्तिकारीगायतका विद्यार्थी सङ्गठनले गरेको मूल्यबृद्धिविरुद्धको प्रदर्शनमा सरकार विरोधि नारावाजी गरेका छन् । उनीहरुले चाडपर्वको समयमा मूल्यवृद्धि गरी सर्वसाधारणलाई महंगीको मारमा पारेको बताएका छन् ।
आयल नियमले मट्टितेल, पेट्रोल, डिजेल र हवाई इन्धनमा गरेको मूल्यवृद्धिको यातायात व्यवसायीले पनि विरोध गरेका छन् । मूल्यवृद्धि फिर्ता नलिए भाडा वृद्धि गरिने ब्यवसायीहरुले चेतावनी दिएका छन् ।
मीना शर्मा, काठमाडौं
