समाचारबिहीबार, भाद्र २७, २०७०
बेल्टारमा बन्दको अवज्ञा, बजार खुल्यो
२७ भदौ बिहानैदेखि बेल्टार बजारवासी व्यापारीहरुले बिहीबार हटियाको दिन भएकाले आफूहरुले पसल सञ्चालन गर्न पाउनुपर्ने भन्दै बन्दको अवज्ञा गरेर सम्पूर्ण बजार खुलाएको बेल्टारका स्थानीय कृष्ण खतिवडाले बताएका छन् ।
जिल्लाको पूर्वी भेगको बेल्टार बजार बिहानैदेखि खुल्ला रहेको आफूलाई सूचना आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक अजय भट्टराईले जानकारी दिए ।
बन्दको विरोध गर्ने समूहले विहानै बजार परिक्रमा गरेका थिए । त्यसबेला बन्द गराउन हिंडेका माओवादी कार्यकर्तासँग केहीबेर धकेलाधकेल भए पनि कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।
दुवैपक्षबीच छलफल भएपछि बिहान ११ बजेदेखि बजार खुलेको स्थानीयले बताएका छन् । उदयपुरका अन्य बजारहरुमा भने बन्दको प्रभाव परेको छ ।
रासस
