समाचारबिहीबार, भाद्र २७, २०७०

रेग्मीले प्रधानन्याधीशबाट राजीनामा गरे निर्वाचनमा सहभागी हुन्छौं: देव गुरुङ

हिमालखबर

२७ भदौमा रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा माओवादी सचिव देव गुरुङले दलहरुको सहमतिमा अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम सरकार बनाएर ४ मंसीरको निर्वाचनमा सहभागी हुने बताएका छन् । “हामी ब्यक्तिको विषयमा खुल्ला छौ, स्वतन्त्र वा दलको ब्यक्तिले नेतृत्व गर्ने भन्ने विषयमा हाम्रो कुनै अडान छैन,” गुरुङले भने, “खिलराजजीलाई नै दलले आफ्नो प्रतिनिधिको रुपमा पेश गरे हामीलाई कुनै आपत्ति छैन ।”

उनले एकै ब्यक्तिलाई ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जिम्मा दिंदाको परिणाम सर्वोच्च अदालतले रेग्मी विरुद्धका १७ वटा रिट खारेजी भएको भन्दै यस्तै अवस्था कायम रहे मुलुकमा अर्को निरकुंशता जन्मिने दाबी गरे ।

राष्ट्रपतिले २८ भदौमा बोलाएको सर्वदलीय बैठक राष्ट्रिय सहमतिको यात्राको शुरुवातको रुपमा अघि बढोस भन्ने चाहना ब्यक्त गर्दै गुरुङले आफूहरु बैठकमा सकारात्मक रुपमा सहभागी हुने बताएका थिए ।

कार्यक्रममा एमाओवादीका प्रवक्ता अग्नी सापकोटाले नेकपा–माओवादीलाई अबको तीन दिन भन्दा बढी पर्खेर बस्न नसक्ने बताए ।

निर्वाचन आयोगले मतपत्र छाप्ने लगायतका विषयमा समय नभएको भन्दै छिटो गर्न भनिरहेकोले पनि अब धेरै दिन पर्खेर बस्न सक्ने अवस्था नरहेको सापकोटाको भनाई थियो ।

यद्यपि उनले माओवादी नेतृत्व विचलनमा रहेकोले निर्वाचन र सहमतिको पक्षमा निर्णय गर्न नसक्ने ठोकुवा गरे । सापकोटाले भने, “नेकपा–माओवादी चौबाटोमा उभिएको छ । कुन बाटोमा जाने भन्ने कुरामा उ अन्यौलामा छ ।”

उनले ४ मंसीरका लागि घोषित निर्वाचन कुनै हालतमा पनि नसार्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>