समाचारशुक्रबार, भाद्र २८, २०७०

माओवादी केन्द्रीय सदस्य यादवले पार्टी त्यागे

हिमालखबर

नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष सूर्यनाथ यादव, नेकपा–माओवादीको मिथिला राज्य समिति सदस्य तथा अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य लक्ष्मी चौधरी र मिथिला राज्य समिति सदस्य तथा सप्तरी जिल्ला सहसेक्रेटरी उपेन्द्र नारायण साहले सामूहिक रूपमा राजविराजमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।

२७ भदौमा सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गरी यादवले नेकपा–माओवादी, एमाओवादी लगायतका कम्युनिष्ट पार्टीहरुले मधेशको हित नगर्ने दाबी गरेका थिए ।

मधेसको समस्या समाधान गर्ने नाममा तत्कालिन माओवादीको नेतृत्वमा आफूले दुई दशकअघि बन्दुक उठाए पनि सफलता नमिलेको र यि पार्टीहरु भविष्यमा पनि सफल हुन नसक्ने यादवको भनाई छ ।

उनले जनआन्दोलन र मधेश आन्दोलनका शहीदहरुको सम्मान गर्दै मधेशको हितका लागि भने आन्दोलित भइरहने बताएका थिए । २०५४ सालदेखि तत्कालिन नेकपा माओवादीमा लागेका यादवले सशस्त्र हिंसाका बेला पटक–पटक जेल जीवन विताइसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>