थप समाचारशुक्रबार, भाद्र २८, २०७०
दोलखामा बस दुर्घटना, १५ घाईते
दोलखा भीमेश्वर–१३ साखिनेमा बस दुर्घटनामा परी घाइते भएका १५ जनामध्ये दुईजना गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाईएको छ ।
अरनिको यातायात सेवा समितिको बा २ ख ६३१३ नम्बरको बसको स्टेरीङ नियन्त्रण गर्ने नट खुस्कीदा सडकमै दुर्घटना भएको अरनिको यातायात सेवा समितिले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका काभ्रेका कृष्णकुमारी दाहाल र रश्मी आचार्यलाई काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ । अन्य घाइतेको सदरमुकाम चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
शर्मिला बुढाथोकी, दोलखा
