समाचारशुक्रबार, भाद्र २८, २०७०

पैंतालिस हजार म्यादी प्रहरी भर्ना गरिने

हिमालखबर

मन्त्रिपरिषद्को २८ भदौको बैठकले नेपाल प्रहरीका जवानले पाएसरह तलबभत्ता र रासन पाउने गरी दुई महिनाका लागि म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ ।

बैठकले गृह सचिव नविन घिमिरेले अनिवार्य अवकाश पाएपछि रिक्त भएको गृहमन्त्रालयको सचिव पदमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव जनार्दन नेपाललाई ल्याउने निर्णय गरेको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा प्रधानले जानकारी दिइन् ।

मन्त्री प्रधानका अनुसार बैठकले एक हजार रुपैयाँको नेपाली नोटको ढाँचा परिवर्तन गर्न राष्ट्र बैंकलाई स्वीकृति प्रदान गर्ने, पश्चिम नेपाल खानेपानी तथा सरसफाइ दोस्रो चरणको कार्यक्रमका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने एक अर्ब ८५ करोड रुपैयाँ अनुदान स्वीकार गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको छ ।

बैठकले गोरखा फुजेलका नन्दप्रसाद अधिकारी र गङ्गामाया अधिकारीसँग सरकारी प्रतिनिधिमण्डलले गरेको सहमतिलाई पूरा गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>