समाचारशनिबार, भाद्र २९, २०७०

नेता-कार्यकर्तालाई गाउँ फर्कन कांग्रेसको निर्देशन

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुको कोइराला निवास महाराजगञ्जमा बसेको अनौपचारिक बैठकले राजधानी आएका नेता कार्यकर्ताहरुलाई आ–आफ्ना क्षेत्रमा फर्केर निर्वाचनको तयारीमा जुट्न आग्रह गरेको छ ।

२९ भदौमा कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, “जिल्लाबाट आउनु भएका साथीहरुले नेताहरुको आवास र केन्द्रीय कार्यालयमा भेटघाट गर्ने कार्यले निर्वाचन सम्बन्धी तयारीको कार्यमा वाधा उत्पन्न भएको र जिल्ला, क्षेत्र, नगर, गाउँमा पार्टीको संगठन परिचालन तथा निर्वाचन गतिविधिमा कठिनाई उत्पन्न भएको छ ।”

४ मंसीरमा हुने संविधानसभाको निर्वाचनका लागि सबै जिल्लाहरुबाट उम्मेदवारहरुको सिफारिस केन्द्रमा आइसकेको र चाँडै संसदीय समितिको बैठक बसेर उपयुक्त निर्णय लिने पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>