समाचारशनिबार, भाद्र २९, २०७०
चन्दको धम्की, ‘चुनावमा भोट हैन बम खस्छ’
विदेशीको इशारामा नेकपा–माओवादीलाई अलग्याएर ४ मंसीरमा निर्वाचन गर्ने षडयन्त्र भइरहेको आरोप आरोप लगाउँदै वैद्य माओवादीका सचिव नेत्रविक्रम चन्दले ४ मंसीरमा निर्वाचन गराइएमा कडा प्रतिकार गर्ने बताएका छन् ।
पार्टी जनबर्गीय संगठनको संयुक्त सम्मेलनलाई अर्घाखाँचीको सन्धिखर्कमा सम्बोधन गर्दै सचिब चन्दले ४ मंसीरमा निर्वाचन भए ‘रगत बगाएरै भए पनि’ निर्बाचन असफल पार्ने धम्की दिए । उनले भने, “निर्वाचनमा भोट हैन बम खस्छ ।”
कस्तो सम्बिधान बनाउने भन्नेबारेमा पहिले नै सहमति हुनुपर्ने भन्दै चन्दले नेपाली जनता र राष्ट्रिय स्वाधिनताका पक्षमा संबिधान लेखिने ग्यारेन्टी भएमात्रै नेकपा– माओवादीले निर्वाचनमा भाग लिने बताए ।
निर्वाचनमा नेपाली सेना परिचालन गरिएमा त्यो विस्तृत शान्ति संझौता बिपरित हुने उनको भनाई थियो ।
प्रमुख दलहरुप्रति आक्रोशित देखिएका चन्दले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले जनतालाई धोका दिएको आरोप लगाए ।
उनले भने, “माओवादी फुटेको छैन, प्रचण्ड र बाबुरामले बाटो बिराएका मात्रै हुन् ।”
प्रेमनारायण आचार्य, अर्घाखाँची
