थप समाचारआइतबार, भाद्र ३०, २०७०

देशभरका पेट्रोल पम्प बन्द

हिमालखबर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा पछिल्लोपटक गरेको मूल्यवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, नेकपा–माओवादी सम्बद्ध विद्यार्थी सङ्गठन लगायतले ३० भदौदेखि १ असोजसम्म पेट्रोल पम्प बन्द गर्न आह्वान गरेका हुन् ।

आयल निगमले २५ भदौमा पेट्रोलमा प्रतिलिटर रु पाँच, डिजेलमा रु तीन, मट्टितेलमा रु तीन र आन्तरिक हवाइ इन्धनमा रु सात मूल्यवृद्धि गरेको थियो । निगमको सो निर्णयको विरुद्धमा संयुक्त विद्यार्थी सङ्गठनले विभिन्न क्याम्पसआसपास क्षेत्रको सडकमा चक्काजाम तथा निगमको कार्यालयमा धर्ना दिएर चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

नेपाल विद्यार्थी सङ्घका नेता युपी लामिछानेले निगममा हुने संस्थागत चुहावट नियन्त्रण नगरिकन चाडबाडको बेलामा विद्यार्थी तथा आम जनताको ढाड सेक्ने काम गरिएकाले सो निर्णय सच्याउन दबाब दिन पेट्रोल पम्प बन्द गराइएको बताएका छन् ।

उनले निगमले मूल्यवृद्धिबारे छलफल गर्न संयुक्त विद्यार्थी सङ्गठनलाई वार्तामा बस्न आह्वान गरेको जानकारी दिँदै विद्यार्थी सङ्गठनको आज बैठक बसेपछि निगमसँग छलफल हुने बताए । निजी क्षेत्रबाट देशभर करिब ९०० वटा पेट्रोल पम्प सञ्चालित छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>