समाचारआइतबार, भाद्र ३०, २०७०

शीतलनिवासमा छलफल जारी

हिमालखबर

फाइल तस्वीर

निर्वाचन प्रक्रियको विरोधमा रहेका दलहरुलाई सहमतिमा ल्याउने प्रयासस्वरुप राष्ट्रपति रामवरण यादवले आह्वान गरेको सर्वदलीय छलफल दिउँसोदेखि  शीतल निवासमा जारी छ । यसअघि राष्ट्रपति यादवले २८ भदौमा डाकेको बैठकमा नेकपा–माओवादीले राखेको प्रस्तावमा सहमति जुट्न नसकेपछि बैठक फेरि बोलाइएको हो ।

एमाओवादीको ४ बुंदे प्रस्तावमध्ये निर्वाचन मिति चैतमा सार्नुपर्ने र संविधानको धारा ३८ (१) अनुसार नयाँ सरकार गठन गर्नुपर्ने माग २९ भदौमा बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले अस्वीकार गर्ने निर्णय गरिसकेको छ ।

३० भदौमा सर्वदलीय बैठक हुनुअघि दुईपक्षीय छलफलका लागि समितिले नेकपा–माओवादी अध्यक्ष मोहन वैद्यलाई बोलाएको भए पनि उनले राष्ट्रपति कार्यालयमै भेट्ने भन्दै समितिसँग वार्ता गर्न अस्वीकार गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>