समाचारआइतबार, भाद्र ३०, २०७०

विद्यार्थी र आयल निगमबीच सहमति भएन

हिमालखबर

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ताको माग गर्दै देशभरका पेट्रोल पम्प बन्द गराएका १६ विद्यार्थी संगठन र आयल निगमबीच भएको वार्तामा सहमति नजुटेपछि विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रम ल्याएउने बताएका छन् ।

अन्तराष्ट्रिय बजारमा मूल्य बढेको, कर छुट नपाएकोले पेट्रोलियम पदार्थमा पछिल्लो पटक बढाइएको मूल्य फिर्ता लिन नसकिने निगमका पदाधिकारीले बताएपछि वार्ता सफल नभएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले बताएका छन्।

आयल निगमले २५ भदौमा पेट्रोलमा प्रतिलिटर रु पाँच, डिजेलमा रु तीन, मट्टितेलमा रु तीन र आन्तरिक हवाइ इन्धनमा रु सात मूल्यवृद्धि गरेको थियो । निगमको सो निर्णयको विरुद्धमा संयुक्त विद्यार्थी सङ्गठनले विभिन्न क्याम्पसआसपास क्षेत्रको सडकमा चक्काजाम तथा निगमको कार्यालयमा धर्ना दिएर चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।

पेट्रोलपम्प बन्द भएपछि सर्वसाधारणलाइ भने सास्ती भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>