समाचारसोमबार, भाद्र ३१, २०७०

‘बैद्य सहमतिमा नआए निर्वाचन प्रक्रिया अघि बढ्छ’

हिमालखबर

अहिले नयाँबानेश्वरस्थित उच्चस्तरीय राजनीतिक समितिको कार्यालयमा समिति र नेकपा–माओवादीबीच वार्ता जारी छ ।

नेकपा–माओवादीले निर्वाचनमा आफ्नो सहभागिताका लागि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नुपर्ने आफ्नो ‘बटमलाईन’ भएको बताएपछि हिंजोको सर्वदलीय भेलामा सहमति हुन सकेको थिएन । आज पनि दुवै पक्ष आ-आफ्नै अडानमा कायम भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताएका छन् ।

अध्यक्ष रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउने कुरा चार दलको हातमा नभएको पौडेलको भनाइ छ । उनले भने, ” प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद अध्यक्ष बनाउने संविधानमै ब्यवस्था गरिएको हो । खिलराज रेग्मीलाई नभई प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद अध्यक्ष बनाइएको हो । ”

पौडेल भन्छन, “अप्ठ्यारो परिस्थितिमा उहाँलाई सरकारको नेतृत्व गर्न आग्रह गरिएको हो, अहिले राजीनामा माग्दा थप जटिलता पैदा हुन्छ । ”

नेकपा–माओवादीका सचिव देव गुरुङ भने प्रधानन्यायाधीशलाई सरकारको नेतृत्व दिएबाटै समस्या शुरु भएको भन्दै खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा गर्नुपर्नेमा आफूहरु अडिग रहेको बताएका छन् ।

एमाले नेता अग्नि खरेलका अनुसार रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउने अधिकार चार दलमा छैन, उनलाई विस्थापित गर्ने उत्तम विकल्प भनेको निर्वाचन मात्रै हो ।

आजको बैठकमा सहमति नभए संविधान संशोधन गरी ४ मंसीरमा निर्वाचनको बाटोमा अघि बढ्ने खरेलले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>