समाचारमंगलबार, आश्विन १, २०७०
भक्तपुरे किसानको विरोध जुलुस
सुकेको धानको बोटसहित भक्तपुरका किसानले निकालेको जुलुसले भक्तपुर नगरको परिक्रमा गर्दै दोषीलाई कारबाही र आफूहरूले क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।
अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी भक्तपुर नगर समितिको नेतृत्वमा निकालिएको जुलुसले ३१ भदौमा प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।
गुणस्तरहीन बीउबिजन बिक्री गर्न स्वीकृति दिने सरकारले पीडित किसानलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ ।
चिनियाँ हाइब्रिड धानको बीउ उत्पादक डेयु सिड कम्पनी लि. सिचुवान, चीनको नेपालमा अधिकृत विक्रेता काष्ठमाण्डप प्वाइन्ट हो ।
रासस
