समाचारमंगलबार, आश्विन १, २०७०

समितिले भन्यो, ‘निर्वाचन प्रक्रिया अघि बढाउनुस’

हिमालखबर

मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीको सरकारी निवास बालुवाटारमा भएको भेटमा राजनीतिक समितिमा आवद्ध दलका नेताले मोर्चासँग सहमति हुन नसक्ने भन्दै अध्यक्ष रेग्मीलाई निर्वाचनका लागि आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको छ ।

संविधानसभा सदस्य संख्या ६०१ नै बनाउने लगायतका समितिले अन्य राजनीतिक दलहरुसँग गरेको सहमति कार्यान्वयन गराउन संविधान संशोधनलगायतका कामहरु गर्नुपर्ने छ ।

नेकपा एमालेका नेता अग्नि खरेलले उपेन्द्र यादव र अशोककुमार राई नेतृत्वको मोर्चासँग भएको सहमतिलाई कानूनी रुप दिन माओवादीसँगको वार्ताले रोकेकामा अब ती सहमति कार्यान्वयनका लागि कानूनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको बताए ।

माओवादीसम्मिलित मोर्चासँग भएको वार्तामा उसले राखेका अन्य माग सम्बोधन गर्न समिति तयार भए पनि सरकार र निर्वाचन मिति परिवर्तन गर्न भने समितिले अस्वीकार गरेको थियो ।

समितिले निर्वाचनको मिति केही दिन सार्न सकिने, माओवादीलाई मन्त्रिमण्डमा सामेल गराउन सकिने, उच्चस्तरीय समितिको नाम माओवादीलाई ग्राह्य हुने गरी राख्ने सकिने, निर्वाचन तयारीका लागि आवश्यक दल दर्तालगायत कामका लागि निर्वाचन आयोगलाई अनुरोध गर्न सकिने र गोलमेच सम्मेलनलगायत कुरामा लचकता अपनाउन सकिने बताएको थियो ।

नेता खरेलले निर्धारित मितिको निर्वाचनका लागि तयार नहुने हो भने नेकपा–माओवादीसँग थप वार्ताको औचित्य नभएको समेत बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>