थप समाचारमंगलबार, आश्विन १, २०७०

राष्ट्रपतिद्वारा संविधान संसोधन

हिमालखबर

संविधानको धारा १५८ अनुसार बाधा अड्काउ फुकाउमार्फत राष्ट्रपति रामवरण यादवले संविधान संसोधन अध्यादेश स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

यसअघि बाधा अडाकाउ फुकाउ मार्फत संविधान सभामा सदस्यहरुको संख्या ४ सय ९१ हुने ब्यवस्था गरिएकोमा दलहरुले विघटित संविधानसभाको जत्तिकै ६ सय १ मा पुर्‍याउने सहमति गरेपछि सरकारले संविधान संशोधनका लागि अध्यादेश सिफारिस गरेको हो ।

३१ भदौमै उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी नेतृत्वको मोर्चा निर्वाचनमा सहभागी हुने सम्भावना नरहेको भन्दै सरकारलाई ४ मंसीरका लागि निर्धारित निर्वाचन सुनिश्चित गर्न आवश्यक संवैधानिक–कानूनी ब्यवस्था मिलाउन आग्रह गरेको थियो ।

उच्चस्तरीय राजनीतिक समितिले संघीय समाजवादी पार्टीसँग संविधानसभा सदस्य संख्या ६ सय १ बनाउने सहमति गरेको थियो ।

———————————————————————————————————————————————————

संविधान संसोधन अध्यादेश राष्ट्रपति समक्ष पेश

नेकपा–माओवादीसँगको वार्ता असफल भएपछि सरकारले निर्वाचन प्रक्रिया अघि बढाउन राष्ट्रपति समक्ष संविधान संशोधन अध्यादेश पेश गरेको छ ।

हिमालखबर

मंगलबार , १ असोज २०७० ३:०४ पम

उपेन्द्र यादव र अशोक राई नेतृत्वको मोर्चासँग भएको सहमति बमोजिम संविधान संसोधन गर्न सरकारले १ असोजमा अध्यादेश राष्ट्रपति समक्ष पेश गरेको छ ।

आजै बसेको मन्त्रिपरिषदको बैठकले दलहरुको सहमति अनुसार संविधानसभाको संख्या ६०१ पुर्‍याउन संविधान संसोधन गर्ने गरी संविधानमा बाधा अडकाउ फुकाउ गर्ने निर्णय गरेको थियो ।

आजै उच्चस्तरीय राजनीतिक समितिले मन्त्रिपरिषद अध्यक्षसँग भेट गरी नेकपा–माओवादी नेतृत्वको मोर्चासँगको वार्ता विफल भएकोले ऊ निर्वाचनमा सहभागी नहुने भन्दै सरकारलाई ४ मंसीरमा निर्वाचन गर्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>