समाचारमंगलबार, आश्विन १, २०७०
फुटेर गएकाहरु फर्कन चाहेको दाहालको दाबी
१ असोजमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नेकपा–माओवादीमा गएका थुप्रै केन्द्रीय सदस्यहरु पुन पार्टीमा फर्किन चाहेको दाबी गर्दै अब नेकपा–माओवादीले क्रान्ति गर्न नसक्ने बताएका छन् ।
उक्त अवसरमा दाहालले एमाओवादीमा प्रवेश गरेका पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका नेता खेमराज भट्ट मायालु र नेकपा एमालेका नेता एवं पूर्व सांसद ध्रुव लम्साललाई पार्टीमा स्वागत गरेका थिए ।
भट्ट रामराजप्रसाद सिंहको नेपाल जनवादी मोर्चा हुँदै नेपाली कांग्रेसमा पुगेका थिए ।
