थप समाचारमंगलबार, आश्विन १, २०७०

राप्रपा अध्यक्ष थापा उम्मेदवार नहुने

हिमालखबर

जिल्ला सदरमुकाममा १ असोजमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले उमेर, स्वास्थ्यस्थिति र युवा पुस्तालाई अवसर दिने सोचका कारण आफूले निर्वाचनमा उम्मेदवारी नदिने बताएका छन् ।

थापाले भने, “म ८६ वर्ष पुगिसकेँ, स्वास्थ्यस्थिति पनि बिग्रदै गएको छ, त्यसैले युवा पुस्तालाई अवसर दिनका लागि चुनावमा नलड्ने निष्कर्षमा पुगेको छु ।”

उनले चुनावमा नउठे पनि आफ्नो सक्रिय राजनीति भने यथावतै रहने बताए । राजनीतिक जीवनमा आफूलाई जनताबाट राम्रो साथ मिलेको भन्दै अध्यक्ष थापाले एक मुठी सास रहेसम्म जनभावनाअनुरुप काम गर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>