समाचारबुधबार, आश्विन २, २०७०
माओवादी नआउँदा फरक पर्दैन: सिंह
कांग्रेस नेता एवम् २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १६ औं स्मृति दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री प्रकाशमान सिंहले प्रमुख दलहरुले लचिलो भएर पटक–पटक वार्ता गर्दा पनि नेकपा–माओवादी नेतृत्वको मोर्चाले निर्वाचनमा भाग लिन चासो नदेखाएको बताए ।
उनले भने, “नेकपा–माओवादीले जती छलफल गरे पनि निर्वाचनप्रति आफ्नो प्रतिवद्धता देखाएन ।”
सिंहले मुलुकको लम्बिंदो राजनीतिक संक्रमणकाललाई अन्त्य गर्न निर्वाचन गर्नु बाहेक अन्य विकल्प नभएको धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले स्वर्गीय गणेशमान सिंह तथा मंगलादेवी सिंहको सालिकमा माल्यार्पण गरेका थिए ।
नेपाली कांग्रेसका प्रभावशाली नेता गणेशमान सिंहको १६ वर्षअघि निधन भएको थियो ।
