समाचारबुधबार, आश्विन २, २०७०

सरकारद्वारा उम्मेदवारी दर्ताको मिति सार्न आग्रह

हिमालखबर

२ असोजमा बसेको मन्त्रिपरिषद बैठकले ४ मंसीरका लागि निर्धारित निर्वाचनमा प्रभाव नपर्ने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउने अवधि  सार्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

मन्त्रिपरिषद् अध्यक्षको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले समानुपातिकतर्फको बन्दसूची र उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले  जानकारी दिए ।

बैठकले निर्वाचन प्रक्रियासँग विमति राख्ने पक्षलाई समेत निर्वाचनमा ल्याउने प्रयास भइरहेको सन्दर्भमा मंसीरको निर्वाचनलाई प्रतिकूल नहुने गरी यथासम्भव उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने अवधि पर सार्न निर्वाचन आयोगलाई अनुरोध गर्ने निर्णय गरेको बताइए पनि प्रमुख राजनीतिक दलहरुले उम्मेदवारहरुको चयन गर्न नसक्दा मिति सार्न आग्ह गरेका हुन् ।

प्रमुख दलहरुमा संविधान सभा निर्वाचनमा उम्मेदवारी दिन चाहनेहरुको हानथाप हुन थालेपछि त्यससम्बन्धी ‘होमवर्क’ गर्न दलहरुले थप समय चाहेका हुन् ।निर्वाचन आयोगको अहिलेको कार्यतालिका अनुसार १० असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता र ११ गते समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने समय तोकिएको छ।

४ मंसीरको निर्वाचनप्रति प्रतिबद्ध रहेको बताउँदै आएका मुख्य दलहरुले उम्मेदवार चयन गर्न भने ढिलाइ गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>