थप समाचारबिहीबार, आश्विन ३, २०७०
वैद्यलाई उचालेर निर्वाचन भाँडने षडयन्त्र हुँदैछः ओली
३ असोजमा काभ्रेको बनेपामा आयोजित कार्यक्रममा बोल्दै एमाले नेता केपी ओलीले नेकपा–माओवादीलाई उचालेर एमाओवादीले निर्वाचन भाँडन खोजेको दाबी गरेका छन् । एमाओवादी नेताका पछिल्ला अभिव्यक्तिले पनि यसको पुष्टि गरेको उनको भनाई थियो ।
ओलीले भने, “वैद्यलाई आंतक फैलाउन लगाएर दाहाल चुनाब भाँडने षडयन्त्र गरिरहेका छन,” नेकपा(माओवादीले ३० भदौमा धुलिखेलमा यात्रुबाहक बस जलाउनु आतंककारी काम भएको ओलीले बताए ।
“निर्वाचन मिति सार्ने वा विथोल्ने सोच कसैले नराखे हुन्छ, त्यसो गर्नेहरुलाई जनताले ठेगान लगाउनेछन्,” ओलीले भने ।
४ मंसीरको निर्वाचनका लागि आफूहरु जस्तो सुकै सहमति गर्न तयार रहेको जानकारी गराउँदा पनि नेकपा–माओवादीले ‘चुनाव नहुने भए मात्रै सहमतिमा आउने’ हास्यास्पद तर्क गरेको ओलीको दाबी थियो ।
अतिवादले देश नचल्ने बताउँदै उनले जनताले ग्रहण नगरेको विचार कार्यान्वयन नहुने तर्क गरे ।
नगेन्द्र अधिकारी, काभ्रे
