समाचारबिहीबार, आश्विन ३, २०७०

आयोगले निर्वाचन तालिका एकहप्ता सार्‍यो

हिमालखबर

सरकार र उच्चस्तरीय राजनीतिक समितिले गरेको आग्रह अनुसार उम्मेदवार मनोनयन, दर्तालगायतका कार्यतालिका एक हप्ता पछाडि सारिएको निर्वाचन आयोगले जनाएको छ ।

परिवर्तित तालिका अनुसार १७ असोजमा प्रत्यक्ष तर्फको मनोनयन दर्ता र १४ असोजमा समानुपातिकतर्फको बन्दसूची बुझाउनु पर्ने समय तोकिएको निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले हिमालखबरलाई जानकारी दिए । “यो सँगै निर्वाचन मितिबाहेक अन्य प्रक्रियाहरु एक हप्ता पछाडि धकेलिएको छ,” गुरुङले भने ।

प्रमुख दलहरुले निर्वाचन आयोगलाई उम्मेदवारी दर्ता गराउने मिति सार्न १ असोजमा आग्रह गरेको भोली पल्ट २ असोजमा सरकारले पनि त्यस्तै आग्रह गरेको थियो ।

निर्वाचन आयोगको पुरानो कार्यतालिका अनुसार १० असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता र ७ असोजमा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने समय तोकिएको थियो ।

सरकारले निर्वाचन प्रक्रियासँग विमति राख्ने पक्षलाई समेत निर्वाचनमा ल्याउने प्रयास भइरहेको भन्दै ४ मंसीरको निर्वाचनलाई प्रतिकूल नहुने गरी यथासम्भव उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने अवधि पर सार्न निर्वाचन आयोगलाई अनुरोध गरेको थियो ।

प्रमुख राजनीतिक दलहरुले उम्मेदवारहरुको चयन गर्न नसक्दा मिति सार्न आग्रह गरेका हुन् । प्रमुख दलहरुमा संविधान सभा निर्वाचनमा उम्मेदवारी दिन चाहनेहरुको हानथाप हुन थालेपछि त्यससम्बन्धी ‘होमवर्क’ गर्न दलहरुले थप समय चाहेका हुन् ।

४ मंसीरको निर्वाचनप्रति प्रतिबद्ध रहेको बताउँदै आएका मुख्य दलहरुले उम्मेदवार चयन गर्न भने ढिलाइ गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>