समाचारबिहीबार, आश्विन ३, २०७०

माओवादीलाई सहभागी गराउन मिति सार्नुपर्छः रायमाझी

हिमालखबर

३ असोजमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाओवादी नेता टोपबहादुर रायमाझीले निर्वाचनको सुनिश्चितताको लागि नेकपा–माओवादीको माग अनुसार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिएमा र निर्वाचन मिति केही समयका लागि सारेमा कुनै फरक नपर्ने बताएका छन् ।

संविधानसभाबाट कुनै पनि दल बाहिरिने अवस्था दुखदायी भएको भन्दै नेता रायमाझीले असन्तुष्ट दलहरुको केही माग संबोधन गरेर वातावरण बनाउनु उपयुक्त हुने जिकिर गरे ।

यद्यपि उनले नेकपा–माओवादी निर्वाचनमा नआए उनीहरु विर्सजन हुने दावी गरेका थिए ।

साक्षात्कारमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले केही दललाई बाहिर राखेर गरिने निर्वाचनको अर्थ नहुने भन्दै नेकपा–माओवादीलाई बाहिर राखेर गरिने निर्वाचनले अस्थिरता र द्वन्द्व बढाउने दाबी गरिन् ।

नेकपा–माओवादीलाई निर्वाचन सहभागी गराउन निर्वाचन मिति सारिनुपर्ने कोइरालाको भनाई थियो ।
उनले समय नजिकिए पनि निर्वाचन पक्षधर दलहरुले समेत समानुपातिक र प्रत्यक्षको नामावली तयार नपारेको, पार्टी भित्रको ‘लविङ’ले असहज परिस्थिति आएकोले निर्वाचनको मिति सर्ने समेत बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>