समाचारबिहीबार, आश्विन ३, २०७०
तीन घण्टा बसेर फर्कियो अमेरिकी सेनाको विमान
दिउँसो २:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखा परेको अमेरिकी वायु सेनाको विमान त्यहाँबाट सामान ‘अफलोड’ गरेर साँझ ५:१० मा फिर्ता भएको छ ।
नेपाली सेनाले अमेरिकी दूतावासका लागि आवश्यक सामग्री लिएर अमेरिकी वायु सेनाको विमान नेपाल आएको पुष्टी गरेको छ । नेपाली सेनाका प्रवक्ता जगदीश पोखरेलले उक्त जाहज रक्षा र परराष्ट्र मन्त्रालयलसँग समन्वय गरेर अमेरिकी दूतावासकै सामान लिएर आएको बताएका छन् ।
उक्त विमान नेपाल आउनुको कारणबारे काठमाडौंस्थित अमेरिकी दूतावास, नेपाल सरकार र प्रहरीले भने केही बताएका छैनन् । यो भन्दा सानो एयर फोर्स पहिले पनि आउने गरेको वताउँदै सेनाका प्रवक्ता पोखरेलले यति ठूलो ‘एयर फोर्स’ विमान नेपाल आएको यो पहिलो पटक भएको बताएका छन् ।
उक्त जहाजको छेउछाउसम्म नेपाल प्रहरीका सुरक्षाकर्मीलाई समेत जान दिइएको थिएन।

