समाचारबिहीबार, आश्विन ३, २०७०

एघार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालखबर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार धनुषा, बसहिया–९ स्थित कित्ता नम्बर ३२ को १ विगाह ३ कठ्ठा १५ धुर गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गर्न सहयोग गर्ने मालपोत कार्यालय धनुषाका तत्कालीन शाखा अधिकृतसहित ११ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।

अख्तियारले गैरकानुनी रुपमा जग्गा दर्ता गराएका मालपोत कार्यालय धनुषाका तत्कालीन शाखा अधिकृत रामनेरश राय, नायब सुब्बाहरू परमेश्वरप्रसाद साह, अरूणकुमार ठाकुर, मोहन दत्त कायस्थ, मालपोत कार्यालय सिरहाका नायब सुब्बाहरू मुकुन्दप्रसाद कोइराला, गङ्गाप्रसाद शाह, हरिनारायण ठाकुर, खरिदार राजकिशोर चौधरी, लेखापढी व्यवसायी गुरुदयाल यादव र जानकी शरण यादव, आफ्नो नाममा जग्गा दाखिला खारेज गराउने पञ्चा महतो कोइरीविरुद्ध मुद्दा दायर गरेको हो ।

गुठी संस्थानको नाममा दाखिल खारेज गराउन बाँकी सो जग्गा विसं २०६६ पुस १० गते मालपोत कार्यालय धनुषाबाट पञ्चा महतो कोइरीको नाममा लिखत मूल्य रु पाँच लाख २२ हजार ५०० कायम गरी गैरकानुनी रूपमा दाखिल खारेज गरिएको अख्तियारको दावी छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>