समाचारशुक्रबार, आश्विन ४, २०७०
एमाओवादीले रेखा थापालाई पर्साबाट उठाउने
एमाओवादी पार्टीका तर्फबाट नेपाली फिल्मकी नायिका रेखा थापाले पर्सा क्षेत्र नं १ बाट संविधानसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेकी छन् ।
३ असोज राति सम्पन्न एमाओवादीको मधेश ब्युरो तथा भोजपुरा राज्य समितिको बैठकले थापालाई १ नं क्षेत्रबाट उठाउने निर्णय गरेको क्रान्तिकारी पत्रकार सङ्घ भोजपुरा राज्य समितिका संयोजक गोविन्द देवकोटाले जानकारी दिए ।
यसैगरी पर्साको क्षेत्र नं २ बाट वीरगन्जको भेडीहारीमा रहेको नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीलाई चुनावी मैदानमा उतार्ने निर्णय भएको एमाओवादी स्रोतले जानकारी दिएको छ ।
गत ४ जेठमा तत्कालिन एमाले नेतृ उर्मिला अर्यालसँगै रेखा थापा पनि एमाओवादीमा प्रवेश गरेकी थिइन् ।
रासस
