थप समाचारशुक्रबार, आश्विन ४, २०७०

दाइजोे नहुँदा पाकिस्तानमा चार बहिनीले आत्महत्या गरे

हिमालखबर

उमेर ढल्किसके पनि पिताले दाइजोको प्रबन्धका गर्न नसक्दा  विवाह नहुने भएपछि पाकिस्तानको को पञ्जाव राज्यको लोधरान जिल्लाका चार दिदीबहिनी मुनिरा, जिनत, नाजिया र फैजाले नहरमा हाम फालेर आत्महत्या गरेका छन् । पाँचौ बहिनी कान्छी परविनले पनि सँगै नहरमा हामफालेको भए पनि गाउँलेले उनको उद्दार गर्न सफल भएका थिए । सबैभन्दा जेठीको उमेर ३५ र कान्छीको २४ रहेको बताइएको छ ।

गरिब किसान बसिरका छोरीहरु गरिबीका कारण बाबुले दाइजोको ब्यवस्था गर्न नसक्दा विवाह नभएकोमा चिन्तित् भएको गाउँलेहरुले बताएका छन् । “बिवाहमा ढिलाई र चरम गरीबीले मेरा छोरीहरु यस्तो कदम चाल्न वाध्य भए,” बाबु बसिरले प्रहरीलाई दिएको बयानमा भनेका छन् ।

लाहोरबाट करिब ३ सय किलोमिटर टाढा लोधरानमा बस्ने बसिरले आफूसँग छोरीको विवाहका लागि पैसा पैसा नभएको बताए । “मसँगै भएको सबै पूँजी अरु दुई छोरीको विवाहमै सकियो” छोरीहरुले हामफालेको नहरछेउ टोलाएका  बसिरले भने, “कसैका पनि मेराजस्ता धेरै ( ७ जना ) छोरी नहोउन् ।”

एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>