समाचारशनिबार, आश्विन ५, २०७०
टान अध्यक्षमा धमला निर्वाचित
टानको सत्र सदस्यीय कार्यसमितिको अध्यक्ष रमेशप्रसाद धमलाकै समूहले सबै पदमा विजयी हासिल गरेको छ । धमलाका प्रतिद्वन्द्वी जाङ्बु शेर्पा थिए ।
त्यसैगरी वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः केशव पाण्डे, कामीरिन्जी शेर्पा, कुलबहादुर गुरुङ, सागर पाण्डे, पासाङ शेर्पा, गोपालबाबु श्रेष्ठ र तिलकबहादुर थापा मगर निर्वाचित भएका छन् ।
साथै सदस्यमा गोकुल सापकोटा, पाल्साङ तामाङ, पासाङ टेन्डी शेर्पा, नवराज गौली, आङ्तेम्बा शेर्पा, राजेन्द्र सापकोटा, नीलहरि बास्तोला, मेघनाथ तिम्सिना र धनप्रसाद गुरुङ विजयी भएका छन् ।
