समाचारशनिबार, आश्विन ५, २०७०

प्रमुख दलहरु आत्मसमर्पणवादीः कमल थापा

हिमालखबर

५ असोजमा पोखरामा आयोजित कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुको नालायाकीले मुलुकमा विदेशी हस्तक्षेप बढेको भन्दै उनीहरुकै कारण राष्ट्रियता धरापमा परेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै थापाले बर्दियामा भारतीय प्रहरीले छापा मार्नु ठाडो विदेशी हस्तक्षेप भएको भन्दै थपे, “नेपालमा आन्दोलन गर्न, चुनाव लड्न, सरकार बनाउन र गिराउन विदेशीको सहयोग, आशिर्वाद मात्र नभई दलहरुले पैसा समेत लिने गरेका छन् ।” उनले विगत केही बर्षयता प्रमुख दलहरुको आत्मसमर्पणवादी रवैयाले विदेशी हस्तक्षेप बढेको समेत दाबी गरे ।

थापाले आगामी संविधान सभा चुनावमा राष्ट्रियता प्रमुख मुद्दा बन्ने र निर्वाचनमा राष्ट्रियताको संरक्षण र आत्मसमर्पणवादीहरुबीच प्रतिष्पर्धा हुने बताए ।

थापाले राजादेखि माओवादीसम्म अटाउन सक्ने नयाँ प्रजातान्त्रिक मोडेलसहितको एजेण्ड लिएर राप्रपा नेपाल चुनावमा जाने आफ्नो पुरानो भनाई दोहोर्‍याएका थिए ।

माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>