समाचारशनिबार, आश्विन ५, २०७०
‘एमालेले उम्मेदवारको सूची तयार पार्यो’
एमाले ललितपुरले ५ असोजमा आयोजना गरेको कार्यक्रममा बो्ल्दै महासचिव इश्वर पोखरेलले ४ मंसीरमा हुने संविधानसभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम सूची तयार भइसकेको र घोषणा हुन मात्र बाँकी रहेको बताएका छन् ।
उम्मेदवारका लागि अनावश्यक दबाब दिन देशभरबाट आएका कार्यकर्ता कार्यक्षेत्रमा छिटो फर्किउन् भनेर घोषणा गर्न ढिला गरिएको पोखरेलले बताए । देशका २४० वटै निर्वाचन क्षेत्रमा पार्टीको उम्मेदवारी रहने र ३३५ समानुपातिकतर्फ पनि कोकसको नाम सिफारिस गर्ने भन्ने निर्णय भइसकेको पोखरेलले जानकारी दिए ।
पार्टीका पोलिटब्युरो सदस्य रघुजी पन्तले कार्यकर्ताहरु उच्च मनोबलका साथ गाउँमा गई पार्टीले गरेको जनपक्षीय कामको चर्चा गर्नुपर्ने बताएका थिए ।
