समाचारशनिबार, आश्विन ५, २०७०

३३ दलीय मोर्चाद्वारा नेपाल बन्दको कार्यक्रम फिर्ता

हिमालखबर

५ असोजमा बसेको ३३ दलीय मोर्चाको बैठकले असोज ९ र १० गतेका लागि तय गरिएको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

त्यस्तै बैठकले निर्वाचनको कार्यतालिका आफूहरुलाई वार्तामा ल्याउन नभई प्रमुख दलहरुका कारण नै सारिएको निष्कर्ष पनि निकालेको छ ।

माओवादी केन्द्रीय कार्यालय वुद्धनगरमा बसेको बैठकमा निर्वाचन विरोधी आन्दोलनका अन्य कार्यक्रमलाई निरन्तरता दिने विषयमा छलफल भएको माओवादी सचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

उनले आन्दोलनका कार्यक्रम पछि बैठक बसेर सार्वजनिक गर्ने पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>