समाचारशनिबार, आश्विन ५, २०७०
काजकिरिया गरिएका व्यक्ति जिउँदै फर्किए
उत्तराखण्डको गौरीकुण्डमा बाढीमा परी घाइते भएका सल्यान भल्चौर–१ का वावुराम विक त्यहाँको अस्पतालमा लामो उपचरपछि निको भएर घर फर्केका हुन् ।
यता सल्यानस्थित उनको घरमा भने चार महिनासम्म पनि कुनै खवर नआउँदा परिवारले बाबुराम विपत्तिमा परी मृत्यु भएको ठानेर काजकिरिया समेत गरिसकेका थिए ।
काजकिरिया गरेर माया मारिएका बाबुराम घर फर्किएपछि गाउँलेले स्थानीय शिवमन्दिरमा उनी र उनकी पत्नी नोखी बिकबीच पुनः विवाह पनि गराए । त्यसपछि उनलाई वाजागाजासहित घर प्रवेश गराइयो ।
लोग्नेको मृत्यु भएको ठानेर सिन्दुर–पोते त्यागेकी नोखी फेरि रातै भएर बेहुली बनिन् ।
