थप समाचारआइतबार, आश्विन ६, २०७०

पाकिस्तान: चर्चमा आक्रमण, ५६ को मृत्यु

हिमालखबर

पाकिस्तानको पेशावरमा ६ असोज आइतबार चर्चमा विशेष प्रार्थना गरेर फर्किरहेकाहरु माथि आत्मघाती बम आक्रमण हुँदा कम्तिमा ५६ जनाको मृत्यु हुनुका साथै १२० जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले  जनाएक छन् ।

प्रहरीका अनुसार मृतकहरुमा महिला र बालबालिकाको संख्या धेरै छ । पेशावरका एसपीले घटनामा एकजना सुरक्षाकर्मी पनि मारिएको र अन्य घाइते भएको सञ्चारमाध्यमहरुलाई बताएका छन् ।

पछिल्लो समय पाकिस्तानी सरकारले तालिवानहरुसँग शान्ति वार्ता गर्ने घोषणा गरेपछि भएको यो आक्रमणलाई ‘आतंकवादीसँग वार्ता गर्न हुँदैन’ भन्ने चरमपन्थीहरुको अभिव्यक्तिसँगै जोडेर हेरिएको छ ।

यसअघि पाकिस्तानमा इसाइहरुमाथि भएका आक्रमणमा इस्लामी चरमपन्थीहरुलाई जिम्मेवार मानिंदै आएको छ । यो घटनाको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन ।

मुसलमान बहुल पाकिस्तानमा १.५ प्रतिशत इसाइ छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>