समाचारसोमबार, आश्विन ७, २०७०

काँग्रेस संसदीय समिति गठन

हिमालखबर

काँग्रेस केन्द्रीय समितिको ७ असोजमा राजधानीमा बसेको बैठकले संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय नेताहरू सम्मिलित समिति गठन गरेको काँग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । समितिमा सभापति कोइराला पक्षका रामशरण महत, अर्जुननरसिंह केसी, सुजाता कोइराला, आनन्दप्रसाद ढुंगाना र फर्मुल्लाह मन्सुर रहेका छन् ।

यस्तै देउवा पक्षका वरिष्ठ नेता देउवा, बिमलेन्द्र निधि र गोपालमान श्रेष्ठ समितिमा रहेका छन् । पदाधिकारीहरू समितिको पदेन सदस्य रहने व्यवस्था छ । कोषाध्यक्ष चित्रलेखा यादव देउवा पक्षका हुन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>