समाचारसोमबार, आश्विन ७, २०७०

बसको ठक्करले नवलपरासीमा तीन जनाको मृत्यु

हिमालखबर

आक्रोशित भीडले जलाएको ठक्कर दिने बस । तस्वीरः विद्रोही गिरी

काठमाण्डौंबाट भैरहवातर्फ जादै गरेको लु१ख ७३६४ नं. को बसले विपरीत दिशावाट आउदै गरेको ना१९प ८३०४ नंम्बरमोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा परेर प्रगतिनगर–९ का ५५ वर्षीय रामप्रसाद भूसाल, उनकी छोरी रजहर घर भएकी लक्ष्मी तिवारी र नाती युगल तिवारी रहेका छन् । तीनै जनाको घटनास्थलमानै ज्यान गएको हो ।

माइती घरमा श्राद्ध खान आएकी छोरीलाई रजहर घरसम्म पु¥याउन जाँदा मोटरसाइकल दुर्घटनामा परेको स्थानीय नमूना कन्या माविका प्राचार्य धर्मदत्त भूसालले जानकारी दिए ।
घटनापश्चात आक्रोशित स्थानीयले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएर आगो लगाएका छन् । आगोले जलेर बस पूर्ण रुपमा क्षती भएको छ । घटनास्थलमा स्थानीय र प्रहरीबीच ढुङ्गा हानाहान भएको छ भने भीडलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाइ फायर गरेको थियो ।

विद्रोही गिरी
, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>