थप समाचारमंगलबार, आश्विन ८, २०७०
चट्याङबाट दुईको मृत्यु
गए राति परेको चट्याङबाट मृत्यु हुनेमा राम्चे–१ का २३ वर्षीय साङदोर्जे तामाङ र मानेश्वारा –३ की ४१ वर्षीया रामकुमारी तामाङ रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ ।
घटनामा माङ्खा घर भई राम्चे १ मा माइत गएकी ५५ वर्षीया गोटीमाया तामाङ गम्भीर घाइते भएकी छन् । उनको त्रिविवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अर्की घाइते राम्चे–१ की २१ वर्षीया आशा तामाङको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।रासस
