समाचारमंगलबार, आश्विन ८, २०७०
पासवान र पटेलले माओवादी छाडे
माओवादी संघीयता विरोधी भएको तथा राजावादीसँग साँठगाँठ गरेको भन्दै पूर्व मन्त्री समेत रहेका पासवान र पटेलले ८ असोजमा पार्टी छाडेका हुन । माओवादीको पोखरा बैठकमा राखेका १३ बुँदे माग पुरा नभएपछि पासवानले सार्वजनिक रुपमै त्यसको विरोध गर्दै आएका थिए ।
पुष्पकमल दाहाल र बाबुराम भट्टराईहरू बुर्जुवाको हितमा लागेको भन्दै वैद्य नेतृत्वको माओवादीमा लागेका पासवानले भने, “वैद्यजीहरू झन जनविरोधी देखिनु भयो ।” संघीयता, समावेशीतालगायतका विषयमा नेकपा–माओवादी पुरातनवादी हुनुलाई पासवानले पार्टी छाड्नुको कारण भनेका छन् ।
