समाचारमंगलबार, आश्विन ८, २०७०

चुनावमा सेना परिचालनको बाटो खुल्यो

हिमालखबर

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ८ असोजमा सेना परिचालनसम्बन्धी बाधा अड्काउ फुकाउन आदेश जारी गरेका हुन । अर्को संविधानसभा निर्वाचन भई व्यवस्थापिका–संसद्ले तोकेको विशेष समितिबाट अनुमोदन गराउने गरी राष्ट्रपतिले सेना परिचालनसम्बन्धी आदेश जारी गरेका हुन ।

अन्तरिम संविधान, २०६३ को धारा १४५ को उपधारा ५ मा प्राकृतिक विपत परेको कारणले नेपाली सेना परिचालन भएकोमा बाहेक सेना परिचालनसम्बन्धी नेपाल सरकार , मन्त्रिपरिषदबाट भएको निर्णय एक महिनाभित्र व्यवस्थापिका–संसद्ले तोकेको विशेष समितिमा प्रस्तुत भई अनुमोदन गर्नुपर्ने व्यवस्था छ ।

हाल व्यवस्थापिका–संसद्ले तोकेको विशेष समितिबाट अनुमोदन हुनसक्ने अवस्था नभई बाधा उत्पन्न भएकाले अर्को संविधानसभाको निर्वाचन भई व्यवस्थापिका–संसद्ले तोकेको विशेष समितिबाट अनुमोदन गराउने गरी राष्ट्रपतिले उक्त आदेश जारी गरेका हुन ।

विज्ञप्तिको पूर्णपाठ

सम्माननीय राष्ट्रपति डा. रामवरण यादवबाट नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम नेपाली जनताले अर्को संविधानसभाको निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित एवं भयमुक्त वातावरणमा सहभागी हुन पाउने अधिकारको प्रत्याभूतिका लागि राष्ट्रिय सुरक्षा परिषद्‌बाट भएको सिफारिस बमोजिम निर्वाचन अवधिभर नेपाली सेनाको परिचालन समेत गरी निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न वाञ्छनीय भएको र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४५ को उपधारा (५) मा प्राकृतिक विपत् परेको कारणले नेपाली सेना परिचालन भएकोमा बाहेक सेना परिचालन सम्बन्धी नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट भएको निर्णय एक महिनाभित्र व्यवस्थापिका-संसदले तोकेको विशेष समितिमा प्रस्तुत भई अनुमोदन हुनु पर्नेछ भन्ने व्यवस्था भएकोमा हाल व्यवस्थापिका-संसदले तोकेको विशेष समितिबाट अनुमोदन हुन सक्ने अवस्था नभई बाधा उत्पन्न भएकोले अर्को संविधानसभाको निर्वाचन भई व्यवस्थापिका-संसदले तोकेको विशेष समितिबाट एक महिनाभित्र अनुमोदन गराउने गरी राजनीतिक सहमति समेतका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मिति २०७०/०६/०८ गते बाधा अड्काउ फुकाउन आदेश जारी भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
आज्ञाले,

(वासुदेव दाहाल)
सहसचिव

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>