समाचारबुधबार, आश्विन ९, २०७०
श्रीमान् श्रीमती उम्मेदवारका प्रतिस्पर्धी
धनेन्द्रराज घिमिरे र उनकी श्रीमती नारायणी शर्मा घिमिरेको नाम एमाले पाल्पाले सिफारिस गरेको हो । शर्मा पूर्वसभासद् हुन् भने घिमिरे एमालेको लेखा विभागका केन्द्रीय सदस्य हुन् । पाल्पा क्षेत्र–३ का लागि एमाले पाल्पाले आठ जनाको नाम सिफारिस गरेको छ । नाम सिफारिस हुने अन्यमा पूर्वसांसद यादवबहादुर रायमाझी, कुलप्रसाद नेपाल, दुर्गा खनाल, नारायण जिसी, शम्भु श्रेष्ठ र ओमबहादुर घर्तिमगर रहेको नेकपा (एमाले) पार्टी पाल्पाले जनाएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट ठाकुर गैरे, दयाराज वस्याल र सोमप्रसाद पाण्डे तथा क्षेत्र नम्बर १ बाट राधाकृष्ण कँडेल, नारायणप्रसाद आचार्य, देवीलाल लामिछाने, राजेन्द्र लक्ष्मी गैरे र युवराज खनालको नाम उम्मेदवारका लागि सिफारिस गरिएको छ ।
