थप समाचारबिहीबार, आश्विन १०, २०७०
सरकारले राजदुत शर्मालाई फिर्ता बोलायो
सिंहदरबारमा १० असोजमा बसेको मन्त्रिपरिषद बैठकले कुटनीतिक मर्यादा बिपरीत काम गरेको भन्दै शर्मालाई फिर्ता बोलाउने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।
त्यस्तै बैठकले नेपाल आयल निगमलाई घाटा पूर्तिका लागि नागरिक लगानी कोष र संचयकोषबाट रु एक अर्ब ऋण सहयोग उपलब्ध गराउने पनि निर्णय भएको पनि पौडेलले जानकारी दिए ।
